काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा – OSNepal

काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा

LC (KTM) May 26, 2022 0

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ । बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ । त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर