देउवालाई ओलीले भने - जिब्रो नचपाई बीआरआई सम्बन्धी हाम्रो नीति के हो स्पष्ट पार्नुपर्यो — OSNepal

देउवालाई ओलीले भने – जिब्रो नचपाई बीआरआई सम्बन्धी हाम्रो नीति के हो स्पष्ट पार्नुपर्यो

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्री शेरबहादुर देउवालाई बीआरआईबाट प्राप्त हुने सहयोग, ऋण के हो ? भनी प्रश्न गरेका छन् ।

सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै संसद भवनमा बिहिबार अध्यक्ष ओलीले देउवालाई यस्तो प्रश्न गरेका हुन् ।

नेपालको विदेश नीति अहिले सत्ता स्वार्थमा चलिरहेको आरोप लगाएका ओलीले बीआरआईको चर्चा नभएको भन्दै भने,’त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’

साथै,ओलीले हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो भन्दै फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? प्रश्न समेत गरेका छन् ।

फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा आरोप लगाएका ओलीले जिब्रो नचपाई बीआरआई सम्बन्धी हाम्रो नीति के हो स्पष्ट पार्न देउवालाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर