इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा — OSNepal

इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा

LC (KTM) May 26, 2022 0

काठमाडौं, १२ जेठ:

एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो ।

इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल टी-२० को रणनीतिक र व्यापारिक साझेदार सेभेन थ्री स्पोर्टससँगको सम्झौता माथि पनि प्रश्न उठाएको थियो । विज्ञप्तिमा सेभेन थ्री स्पोर्टसको कार्य अपारदर्शी रहेको उल्लेख गरिएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतमा क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशका लागि रिट दर्ता गरिएको छ । अदालतले यस विषयमा उपयुक्त निर्णय जारी गर्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा उल्लेख छ । यसअघि क्यानको बोर्ड बैठकले सञ्चालनमा आएको फ्रेन्चाइज लिग प्रादेशिक संरचनामा गए मान्यता दिने बताउँदै यस्ता लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर