भारतमा दुई हजार ६२८ कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु — OSNepal

भारतमा दुई हजार ६२८ कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु

LC (KTM) May 26, 2022 0

नयाँदिल्ली, १२ जेठ-भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४४ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १८ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५२५ पुगेको छ ।यस समयमा भारतमा ४३ सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ९७७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २६ लाख चार हजार ८८१ लाई कोरोना सङ्क्रमण निको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर