पाँच वर्ष अघि एक छात्रालाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल खड्का पक्राउ — OSNepal

पाँच वर्ष अघि एक छात्रालाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल खड्का पक्राउ

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । पाँच वर्ष अघि बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपललाई पक्राउ गरेको छ ।

इटहरीको ब्लुमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत एक छात्रालाई प्रिन्सिपल राजकुमार खड्काले उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए ।

निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ ।

बलात्कार पछि रेस्टिकेट गरिदिने भन्दै धक्काए दुई वर्षसम्म लगातार बलात्कार गरेको पिडित युवतीले सामाजिक सञ्जाल मार्फत बताएकी थिइन् ।

निजलाई थप कारबाहीका लागि अदालतमा उपस्थित गराइने भएकाृे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर