फुल रोपेर पदभार ग्रहण गरेका पोखराका नवनिर्वाचित मेयर आचार्यले गरे तिन निणर्य — OSNepal

फुल रोपेर पदभार ग्रहण गरेका पोखराका नवनिर्वाचित मेयर आचार्यले गरे तिन निणर्य

LC (KTM) May 26, 2022 0

पोखरा १२ जेठ । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङले आफ्नो पदभार फुल रोपर ग्रहण गरेका छन् ।

मेयर ,उपमेयर तथा निर्वाचित सबै जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार ग्रहण गरेका हुन् । फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएर निर्वाचित सबैले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सभागृहमा सपथ ग्रहण गरेपछि नवनिर्वाचित जनप्रतिनिधिले टोली पुष्पलाल पार्क पुगेर माल्यार्पण गरेका थिए । जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा १ सय ६७ जना जनप्रतिनिधिले फुल रोपेका हुन् ।

पदभार ग्रहण गरेकै पहिलो दिन आचार्यले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निणर्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर