करण जोहरले अभिनेत्री प्रियंका चोपडा लाई पारे अफ्ठ्यारोमा , भन्नै नहुने कुरा समेत खुलाईन् अभिनेत्रीले — OSNepal

करण जोहरले अभिनेत्री प्रियंका चोपडा लाई पारे अफ्ठ्यारोमा , भन्नै नहुने कुरा समेत खुलाईन् अभिनेत्रीले

LC (KTM) May 26, 2022 0

फिल्म निर्माता करण जोहरको च्याट शो कफी विथ करण ले अहिलेसम्म धेरै किस्सा र कथाहरू जन्माएको छ। धेरै सेलेब्सको रहस्य पर्दाफास भएको छ र धेरैले चकित पार्ने खुलासा पनि गरेका छन् । अब यसको नयाँ सिजन घोषणा भएसँगै यसको उत्सुकता झनै बढेको छ ।कफी विथ करण सधैं चर्चामा रहन्छ । आफ्नो हरेक सिजनमा आउने सेलिब्रेटीहरूको होस्ट करण जोहर कफी सट को बहानामा यस्ता खुलासा गर्न बाध्य हुन्छन् जसले सबैलाई चकित पार्छ।

‘कफी विथ करण’को ५ औं सिजनमा प्रियंका चोपडाले केही यस्ता खुलासा गरेकी थिइन्, जसले सबैलाई चकित बनाएको थियो ।‘कफी विथ करण ५’ मा करण जोहरले प्रियंकालाई उनको करियरदेखि पर्सनल लाइफमा रमाइलो प्रश्न सोधेका थिए । यस क्रममा प्रियंकाले आफूले भारतमा कुनै पनि फिल्म वा प्रोजेक्टका लागि अडिसन दिन नपरेको बताइन् । यहाँ उनले अभिनयका आधारमा चलचित्र र भूमिका पाएको बताएकि थिईन् ।

प्रियंकाले क्वान्टिकोका लागि जीवनको पहिलो अडिसन दिनु पर्ने बताएकी थिइन् ।ुकफी सट्स विथ करणु सेगमेन्टको दौरान करणले प्रियंकालाई सोधे कि उनले कहिल्यै फोन सेक्स गरेकी छिन्, अभिनेत्रीले भनेकि थिईन् । जब करणले सोधेका थिए उनले ब्रेकअप पछि आफ्नो पूर्व प्रेमीलाई चुम्बन गरेकि थिईन् ? जसको जवाफमा प्रियंकाले गरेको कुरा स्वीकार गरिन् । यद्यपि उनले नाम भने खुलाउन चाहिनन् ।

यसै क्रममा करणले प्रियंकालाई सोधे कि के उनले आफ्नो पार्टनरसँग नुहाएकी छिन् ? अभिनेत्री यो कुरामा पनि सहमत भइन् । यस सँगै करणले सोधे कि उनले कहिले बत्ती निभाएर शारिरीक सम्बन्ध बनाएकी छिन् ? जसमा प्रियंका चोपडाले आफुले यस्तो सम्बन्ध राखेको पनि स्वीकार गरिन् । प्रियंकाले यस क्रममा आफू पार्टीका क्रममा अरुको फेसन सेन्स चेक गर्ने कुरा पनि स्वीकार गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर