मोरङमा ३५ वर्षीया श्रीमती गीताको हत्या गरेको अभियोगमा ४३ वर्षीय श्रीमान पक्राउ — OSNepal

मोरङमा ३५ वर्षीया श्रीमती गीताको हत्या गरेको अभियोगमा ४३ वर्षीय श्रीमान पक्राउ

LC (KTM) May 26, 2022 0

मोरङ, १२ जेठ :

आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर