हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ — OSNepal

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ

LC (KTM) May 26, 2022 0

हेटौंडा, १२ जेठ-मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २६ बोतल लागूऔषध वनरेक्स सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का ३१ वर्षीय राजेश विक र हेटौंडा–५ का २६ वर्षीय मानवीर थिङ रहेका छन् । उनीहरूले बोकेको झोला खानतलासीको क्रममा वनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

यस्तै अवैध लागूऔषध डाइजेपामसहित हेटौंडा–१३, पदमपोखरीबाट एक जनालाई पक्राउ परेका हुन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा २३ वर्षीय निक्मा लामालाई पक्राउ गरेको हो । उनको पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुर्फिन १ एम्पुल गरी ३ एम्पुललाई लागूऔषध फेला परेको हो । प्रहरीले अनुसन्धानको क्रममा उनको साथबाट करिब ३३ एम्पुल लागूऔषध डाइजेपाम फेला परेको जनाएको छ । पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रवक्ता कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर