अभिनेत्री शहनाज गिलको अचानक मन बदलियो , सलमान खानको फिल्म कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु नगर्ने — OSNepal

अभिनेत्री शहनाज गिलको अचानक मन बदलियो , सलमान खानको फिल्म कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु नगर्ने

LC (KTM) May 26, 2022 0

सल्लु भाइको फिल्म ‘कभी ईद कभी दिवालीको घोषणा भएदेखि नै यो फिल्मसँग सम्बन्धित कुनै न कुनै अपडेट बाहिर आइरहेका छन् । कहिले श्रेयस तलपदे र अरशद वारसीको रिप्लेसमेन्ट त कहिले आयुष शर्माले फिल्म छोडेको खबर । अब यसैसँग जोडिएको अर्को समाचार बाहिर आएको छ । यो फिल्मबाट शहनाज गिलले डेब्यु गर्ने खबर धेरै दिनदेखि थियो तर अहिले खबर फरक छ ।

‘कभी ईद कभी दिवाली’ बाट शहनाजको बलिउड डेब्युबाट सबैजना खुसी भए पनि अहिले शहनाजले फिल्म छाड्ने मन बनाएको खबर आएको छ । ‘कभी ईद कभी दिवाली’की मुख्य नायिका पूजा हेगडे र शहनाज गिलले अझै आफ्नो मन बदलेका छैनन् । तर बलिउड लाइफको नजिकको स्रोतका अनुसार ‘शहनाज गिल यो फिल्मबाट डेब्यु गर्न लागेकी थिइन् तर अहिले अभिनेत्री निकै निराश छिन् । यस चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने बारे नायिकाले पुनर्विचार गरिरहेकी छिन् ।

फिल्मलाई लिएर चलिरहेको क्रिएटिभ भिन्नताका कारण शहनाज गिल खासै खुसी छैनन् । तर, सलमानले उनलाई सबै ठीक हुने आश्वासन दिएका छन् ।स्रोतले भन्यो– ‘शहनाज गिललाई सलमान खानमा पूर्ण विश्वास छ र उनले धैर्य गर्न भनेकी छिन् । सलमान खानले छिट्टै सबै ठीक हुने बताएका छन् । तर, यो प्रोजेक्टलाई लिएर शहनाज गिल निकै उत्साहित छिन् र फिल्मको तयारीमा जुटेकी छिन् । शहनाज गिलले यो फिल्मका लागि शतप्रतिशत दिन खोजेकी छिन् ।

उनी आफ्नो एक्सेन्टमा पनि काम गरिरहेकी छिन् र धाराप्रवाह हिन्दी बोल्न सिकिरहेकी छिन्।यो फिल्ममा अहिलेसम्म धेरै परिवर्तन देखिएका छन् । यस फिल्ममा पहिले श्रेयस तलपदे र अरशद वारसी पनि रहने बताइएको थियो तर पछि उनको ठाउँमा आयुष शर्मा र जहिर इकबाललाई लिएको थियो । अब शहनाज गिल यस फिल्मको हिस्सा बन्ने कि नबन्ने त्यो भने हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर