काठमाडौंको वडा नम्बर १४ मा नेपाली कांग्रेसले मार्यो बाजी — OSNepal

काठमाडौंको वडा नम्बर १४ मा नेपाली कांग्रेसले मार्यो बाजी

LC (KTM) May 26, 2022 0

काठमाडौं । देशभरीकै सबैभन्दा बढी मतदाता भएको सबैभन्दा ठूलो महानगर काठमाडौंको मतगणना बिहिबार सकिएको छ ।महानगरको मेयरमा बालेन शाहले शानदार मत ल्याउँदा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई ठूलो चोट पुग्यो ।

त्यस्तै काठमाडौँको अन्तिमपटक गणना सकिएको वडा नम्बर १४ मा नेपाली कांग्रेसले जित हासिल गर्यो । वडा नम्बर १४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मतका साथ विजयी भए ।यस वडाबाट मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३ हजार ३ सय ६९ भोट ल्याए । एमालेका केशव स्थापितले १७६७ मत ल्याउँदै दोस्रो स्थान हाँसिल गरे भने कांग्रेसकी सिर्जना सिंहले १७४१ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर