अब सुधार हुदैछ कोशी अस्पताल — OSNepal

अब सुधार हुदैछ कोशी अस्पताल

LC (KTM) May 26, 2022 0

कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमा जाने तयारी गरेको हो ।

अस्पताल प्रबेश गर्दा देखि नै धुम्रपान र मध्यपान प्रबेश गरेर अस्पतालभित्र प्रवेश नदिईने, यदी सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसर भित्र प्रवेशगरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाईएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए ।अस्पताल भित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कार्वाही गरेर जाने उनले बताए ।

अस्पताल प्रशासनले अस्पताल भित्र फोहोर ब्यवस्थापन गर्ने बारेमा सुचना टाँस्ने, प्रचार प्रसार गर्ने र त्यो बारेमा जानकारी दिन कर्मचारीको ब्यवस्थापन गर्ने र अटेर गरेको पाईएमा कार्र्वाहीमा जाने उनले बताए । अस्पताल प्रशासनले तत्काल हेल्प डेस्क संचालन गर्ने पनि प्रतिबद्धता जनाएकोछ । अस्पतालमा उपचार गर्न गएका नागरिक अन्यौलमा पर्ने, घुमेको घुमेकै गर्ने तर उपचार गर्ने ठाउँ नपाएको गुनासो आएपछि अस्पतालले तत्काल हेल्पडेस्क संचालन गर्ने जनाएको हो ।

अस्पताल भित्र दिईने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने पनि अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । कोशी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासा आएपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लैजानका लागि बोर्ड सहित कुन सेवा कहाँ लिन पाईन्छ भन्ने संकेतहरु राखिने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर