व्यापार सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट — OSNepal

व्यापार सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

LC (KTM) May 26, 2022 0

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज धनगढीमा रेमण्ड शपको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले व्यापार, व्यवसायले विकासमा सहयोग पुग्ने उल्लेख गर्दै बढीभन्दा बढी व्यवसाय, उद्योग सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “व्यापार, व्यवसाय विकासको एक पक्ष पनि हो, यसले रोजगारी सिर्जना गर्दछ र हामीले गर्न खोजेको विकासमा सहयोग पनि पुग्ने गर्दछ ।” मानिसले लगनशील भएर व्यवसाय गरेमा सफलता अवश्य नै प्राप्त हुने गरेको मुख्यमन्त्री भट्टले धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले एकैचोटि ठूलो हैन, सानैबाट व्यवसाय सुरु गर्नु पर्दछ र दृढताका साथ अगाडि बढियो भने सफलता अवश्य प्राप्त हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर