कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त — OSNepal

कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त

LC (KTM) May 26, 2022 0

पर्वत । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन । संस्थाको आज जेठ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यसै संस्थाकाे सञ्चालक रहेका चन्द्र बहादुर क्षेत्री सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्वत चयन गरेको बताइएको छ ।

महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन ।

उनी २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं.२०५५ देखि २०७४ सम्म जि.वि.स.लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर