तारक मेहताका उल्टा चश्माका ‘जेठालाल’को कमाइ कुनै बेला ५० रुपैयाँ थियो, आज एउटा एपिसोडको लिन्छन यति धेरै रकम — OSNepal

तारक मेहताका उल्टा चश्माका ‘जेठालाल’को कमाइ कुनै बेला ५० रुपैयाँ थियो, आज एउटा एपिसोडको लिन्छन यति धेरै रकम

LC (KTM) May 26, 2022 0

कतिपय पात्रहरु यस्ता हुन्छन् जो मुटुमा बस्छन् । उनी आफ्नो वास्तविक नामबाट कम तर उनले खेलेको पात्रको नामले बढी चिनिन्छन्। जसमध्ये एक हुन् दिलीप जोशी । जनताले दिलीप जोशीलाई जेठालालको नामले नै चिन्ने गर्छन् । लामो समयदेखि उनी ‘तारक मेहता का उल्टा चश्मा’को हिस्सा हुन् ।यस कार्यक्रममा उनी ‘जेठालाल चम्पकलाल गडा’ भनेर चर्चित छन् ।

जेठालाल अर्थात् दिलीप जोशीले २६ मेमा आफ्नो ५४ औँ जन्मदिन मनाएका छन् । विगत ३३ वर्षदेखि चलचित्र र टिभी क्षेत्रमा सक्रिय रहे पनि उनले यही शोबाट छुट्टै पहिचान पाए । दिलीप जोशीले आफ्नो करियर सलमान खानको ब्लकबस्टर फिल्म मैने प्यार किया बाट सुरु गरेका थिए । त्यही क्रममा उनले आफ्नो टिभी करियर ‘कभी ये कभी वो’ बाट सुरु गरे। दिलीप जोशीको प्रारम्भिक यात्रा सहज थिएन, तर पनि उनले आफ्नो अभिनयको जोशलाई मर्न दिएनन् ।

लामो समय काम नपाएपछि उनले थिएटरमा काम गर्न थाले । त्यहाँ जुन भूमिका पाउँछन्, त्यो मनले गर्ने गर्थे । उनले ब्याकस्टेज कलाकारको रुपमा पनि काम गरे । त्यो कामको दिलिप जोशीले ५० रुपैयाँ मात्रै पाउथे । तारक मेहता का उल्टा चश्मा शो सन् २००८ मा सुरु भएको थियो । यस शो ुतारक मेहता का उल्टा चश्माु बाट दिलीप जोशीको वास्तविक पहिचान जेठालालको भूमिका निर्वाह गरे र उनलाई अमर बनाए । आज उनी ‘तारक मेहता का उल्टा चश्मा’ मा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् ।

रिपोर्टका अनुसार उनी एक एपिसोडका लागि करिब डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म शुल्क लिन्छन् । महिनामा २५ दिन काम गर्छन् । टिभी सिरियल बाहेक विज्ञापन, ब्रान्ड प्रवर्द्धन र सामाजिक सञ्जालबाट पनि दिलीप जोशीले राम्रै कमाइ गर्छन् । उनले विज्ञापन र शोबाट एक वर्षमा चारदेखि पाँच करोड रुपैयाँ कमाउँछन्।दिलीप जोशीको नेटवर्थको कुरा गर्दा उनी करिब ४३ करोडको नेटवर्थका मालिक हुन् । दिलीप जोशीको कार कलेक्शनको कुरा गर्दा उनीसँग अडी क्यु–७, इनोभा जस्ता उत्कृष्ट कार छन् । यसैबीच, दिलीप जोशीको मुम्बईमा आलिशान घर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर