आफु हारेर अरुलाई जिताउने पर्वतको कुस्मा नगरपालिका – १ पाङले बल्ल पायो नेतृत्व , पार्वतीको जन्मभुमिमा स्वस्थानीको जन्म — OSNepal

आफु हारेर अरुलाई जिताउने पर्वतको कुस्मा नगरपालिका – १ पाङले बल्ल पायो नेतृत्व , पार्वतीको जन्मभुमिमा स्वस्थानीको जन्म

LC (KTM) May 26, 2022 0

पर्वतको कुस्मा नगरपालिका – १ पाङ धार्मिक र पर्यटकीय संभावना बोकेको भए पनि ओझेलमा पर्ने गरेको छ । उसो त राजनितीक रुपमा पनि यो क्षेत्र पर्वत जिल्लाकै सबैभन्दा पछाडी परेको क्षेत्र रहेको छ । पर्वतमा सबैभन्दा बढी मतदाता रहेको पाङले कहिल्यै जिल्ला तह तथा नगरमा समेत नेतृत्वको अवसर पाउने गरेका छैनन् । पाङले अरुलाई त नेता बनायो तर आफ्नै क्षेत्रबाट कहिल्यै पनि नेता जन्माउन सकेको छैन । तर यो बिरासत यसपालिको स्थानीय तहको निर्वाचन बाट तोडिएको छ ।

पाङले अब भने कुशल नेतृत्व पाउन सफल भएको छ । पाङकी स्वस्थानी रिजाल अहिले कुस्मा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकि छिन् । रिजाल निर्वाचित हुने बित्तिकै जुरुक्कै उठेको छ यतिबेला पाङ । ‘माता पार्वतीको जन्मभूमिबाट उदाउँदै गरेकी नेतृ’ को रुपमा गाउँलेले उनको भब्य स्वागत र सम्मान पनि गरेका छन । रिजाल नेकपा एमालेको तर्फबाट गठबन्धनका उमेदवारलाई पराजित गर्दै उपमेयर पदमा निर्वाचित भएकि हुन् ।

गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका रामचन्द्र जोशी ७ सय ९८ मतान्तरले बिजयी हुँदा एमालेकी रिजालले गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओबादी केन्द्रका शंकर गिरीलाई ८ सय १० मतान्तरले पराजित गर्दै नेर्ततव हत्याउन सफल भएकी हुन् । स्थानिय पाङ धैरेनी माबिको दुई बर्ष अघि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चुनिएपछि स्वस्थानी रिजाल सामाजिक र शैक्षिक सुधारको अभियानमा जोडिन पुगेकी थिईन् ।

छोटो समयमा नै आफ्नो नेतृत्वमा बिद्यालयमा भौतिक र शैक्षिक सुधार गरेर बिद्यालयलाई नमुना बनाउन सफल भए संगै उहाँ राजनैतिक रुपमा पनि क्रियाशिल बन्न पुगेकी हुन् । सिंगो गाउँमा नै उनलाई ‘स्वस्थानी आमा’ को रुपमा बालबालिकाले बोलाउने गरेका छन् । बिद्यार्थी छदै अनेरास्वबियुबाट राजनिती शुरु गर्नुभएकी रिजालले पर्वत काठमाण्डौ सम्पर्क मञ्च मार्फत काम गरेकि थिईन् । एमालेको कुस्मा नगरकमिटीका उपसचिब बनेपछि नै उनलाई भाबी उपमेयरको रुपमा हेरिन सुरु गरिएको थियाृ ।

सबैको साथका कारण स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतका साथ स्वस्थानी उपमेयर चुनिएकि हुन् । उपमेयर चुनिए लगत्तै उनले ठुला पुर्वाधारका योजना संगै महिला हिंसा न्युनीकरण, आमा सुरक्षा कार्यक्रम तथा बिद्यालयको आधारभूत तह देखि नै शैक्षिक सुधारका योजनाहरु अघि बढाउने योजना बनाएकी छिन् । न्यायिक समितिलाई क्रियाशिल बनाउँदै टोलटोलमा मेलमिलाप समिति बनाउने, सुत्केरी र दुर्गम क्षेत्रका बासिन्दालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको उनले सुनाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर