काठमाण्डौको मेयरमा निर्वाचित बालेनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार — OSNepal

काठमाण्डौको मेयरमा निर्वाचित बालेनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार

LC (KTM) May 26, 2022 0

बालेन्द्र शाह उर्फ बालेन काठमाण्डौको मेयरमा निर्वाचित भएका छन् । उनले ६१ हजार ७६७ मत ल्याएर ईतिहासमै पहिलो पटक स्वतन्त्र पदका उम्मेद्धार भएर मेयरमा निर्वाचित भएका हुन् । यतिबेला काठमाण्डौका स्वतन्त्र उम्मेद्धार बालेन्द्र शाह बालेनको चर्चा चारै तिर चुलिएको छ । उनको यो जित संगै देशभर एक प्रकारको युवा उर्जा सलबलाएको मात्र छैन कामै नगरी जनता ठगेर बस्ने राजनितीक दलहरुका लागि आउँदो निर्वाचन झनै जटिल र चुनौतीपुर्ण बनाई दिएको छ । उनै काठमाण्डौका मेयर पदका स्वतन्त्र उम्मेद्धार बालेन लाई उनको गाउँले यतिबेला खुब संझिरहेको छ ।

बालेन्द्र साहको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ हो । अहिले उक्त गाउँले उनलाई संझिएको मात्र छैन गाउँमा एक पटक आईदिन आग्रह समेत गरेको छ । बालेनको पुख्र्यौली घरमा काम गर्ने बिनिता देवी भन्छिन्– बालेन्द्र बाबु तपाई जसरी भए पनि एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं। उनले बालेनलाई बाल्यकालमै देखेको बताईन् ।

सानैमा देखेको बताउँदै उनले अहिले बालेन ठुलो भइसकेको बताईन् । बिनिता मात्र हैन अरु गाउँले पनि बालेन आउने कुरामा आशाबादी रहेको बताउँछन् । सकिना खातुनको ईच्छा पनि बालेनलाई गाउँमा स्वागत गर्नु रहेको छ । त्यस्तै उनले बालेनकै कारण आफ्नो गाउँलाई देशभर चिन्न थालेको समेत बताईन् । बालेनको पुख्र्यौली घर पछाडि एउटा पोखरी छ। पोखरीको डिलमा श्री १०८ विश्वनाथ मन्दिर उल्लेख रहेको महादेव मन्दिर समेत रहेको छ। सोही मन्दिरका पुजारी रामचन्द्र तिवारीले वालेन जित्न लागेको खबरले गाउँमा मात्र होइन जिल्लामै एउटा तरङ ल्याइदिएको बताए ।

मन्दिरका पुजारी तिवारीका अनुसार उक्त मन्दिर पनि बालेनकै परिवार बाट सहयोगमा संचालन भईरहेको छ । उनले भने– उहाँले नै १० कठा खेत जोत खन्न गर्न दिएर पूजा पाठ गर्ने खर्चसमेत जुटाइ दिनुभएको छ। काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुसीको सिमा नै रहेको छैन । बालेनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार रहेका थिए। मुनिलालका चार छोरामध्ये बुवा डा। रामनारायण साह र आमा धुव्रदेवी साहको कान्छो छोरा वालेन्द्र साह हुन्। बालेन्द्रका बुवा रामनागरायण आयुर्वेद डाक्टरसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर