गठबन्धन टुटाउन एमाले अध्यक्ष ओली सक्रिय, गठबन्धन बाट असन्तुष्ट रहेका जसपा अध्यक्ष यादवलाई फकाउँदै — OSNepal

गठबन्धन टुटाउन एमाले अध्यक्ष ओली सक्रिय, गठबन्धन बाट असन्तुष्ट रहेका जसपा अध्यक्ष यादवलाई फकाउँदै

LC (KTM) May 26, 2022 0

स्थानीय तह निर्वाचनमा एमाले कमजोर बनेपछि अध्यक्ष केपी शर्मा ओली गठबन्धन जसरी भए पनि भत्काउने रणनितीमा लागेका छन् । गठबन्धन लाई भत्काउनका लागि ओली जनता समाजबादी पार्टी जसपा लाई फकाउन तिर लागेका छन् । ओलीले जसपा संगै गठबन्धनका अन्य असन्तुष्ट दल संग सहकार्यको खोजीमा लागि परेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे संगै गठबन्धन लाई भत्काउन लागेको थप पुष्टि समेत हुन्छ ।

बुधबार भएको ओली र यादवको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला ओलीले जसपा लाई फकाएका हुन् । स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।

उसो त ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी यसको छनक समेत दिएका थिए । उनले अहिलेको गठबन्धन असार १७ गते टुट्ने समेत उद्घोष गर्न भ्याएका थिए । तर उनले चलाखी पुर्ण तरिकाले गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषीको भन्दै आफु माथिको आशंका सकभर अन्यत्र मोड्न खोजेका थिए । यादव नेतृत्वको जसपा स्थानीयतहमा भएको तालमेललाई लिएर असन्तुष्ट रहेका बेला ओलीले मौकाको फाईदा उठाउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर