‘कभी इद कभी दिवाली’मा पूजा हेगडेको इन्ट्रि — OSNepal

‘कभी इद कभी दिवाली’मा पूजा हेगडेको इन्ट्रि

LC (KTM) May 27, 2022 0

मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन । फिल्मको कलाकारलाई लिएर दैनिक नयाँनयाँ समाचार आइरहेका छन् । अब यो फिल्ममा भिलेनको भूमिका दक्षिण भारतीय अभिनेता जगपति बाबूको प्रवेश भएको छ ।

यसअघि नै यो फिल्ममा दक्षिण भारतीय दुई कलाकारको प्रवेश भइसकेको छ । समाचारअनुसारा फिल्ममा जगपतिलाई निकै डरलाग्दो भिलेनको चरित्रमा देखाइनेछ । जसका लागि उनले मेहनत पनि गरिरहेका छन् ।

सलमान पेन इण्डियाबाट फिल्म बनाइरहेका छन् । सोहीकारण फिल्मको कास्टिङमा उनले बढी ध्यान दिएका छन् । जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिनेछन् ।

फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल र शहनाज गिलको पनि अभिनय हुनेछ । फिल्ममा दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे पनि जोडिएकी छन् ।फिल्म सन् २०२३ को इदमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर