आफ्नै फिल्म बाहुबली २ को रेकर्ड तोड्दै प्रभासको अर्को बुहप्रतिक्षित फिल्म आदीपुरुष , ८ हजार भिएफएक्सको प्रयोग गरिने — OSNepal

आफ्नै फिल्म बाहुबली २ को रेकर्ड तोड्दै प्रभासको अर्को बुहप्रतिक्षित फिल्म आदीपुरुष , ८ हजार भिएफएक्सको प्रयोग गरिने

LC (KTM) June 14, 2021 0

दक्षिण भारतका मात्र नभएर सिंगो भारतका सुपरस्टार बनेका प्रभासले खेल्ने फिल्म अहिले सबै चर्चामा रहने गर्छन् । बाहुबली बाट रातारात स्टार बनेका उनले पछिल्लो समय आदीपुरुषमा देखिने भएका छन् ।

उनी अभिनित फिल्म ‘आदीपुरुष’ बहुप्रतिक्षित फिल्म मध्येको एउटा रहेको छ । फिल्ममा उनले गर्ने दमदार अभिनयले उनलाई अहिले चर्चित बनाएको छ । उनको एकपछि अर्को फिल्महरु आउन थालेका छन् । सबैले बक्स अफिसमा राम्रै रेकर्ड बनाईरहेका छन् ।

त्यस्तै यो फिल्मको एउटा नयाँ कुरा बाहिर आएको छ । प्रभासको यसअघिको फिल्म बाहुबली २ को रेकर्ड यो फिल्मले ब्रेक गर्दैछ । शुटिंग नै सुरु नभएको यस फिल्मले आर्थिक मामिलामा हैन प्राबिधिक मामिलामा रेकर्ड ब्रेक गर्न लागेको हो । भारतीय संचारमाध्यमहरुका अनुसार आदीपुरुष फिल्ममा खतरा भिएफएक्सको प्रयोग गरिदैछ ।

‘बाहुबली २ः द कन्क्लुजन’मा २५०० भिजुअल इफेक्ट्स समेटिएको थियो । धेरै भिएफएक्स प्रयोग भएको बलिउडको यो पहिलो फिल्म थियो तर अब त्यसैलाई रेकर्ड ब्रेक गर्दैछ आदीपुरुषले । यस फिल्ममा एमएस राजमौलीको निर्देशन रहेको फिल्म बाहुबली २ को भन्दा ३ गुणा भन्दा बढी अर्थात ८००० भिएफएक्स समेटिएको समाचार बाहिर आएको हो । यो फिल्म कोरोनाको महामारीका कारण रोकीएको छ । अवस्था सामान्य हुने बित्तिकै शुटिंग हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर