अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश — OSNepal

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

LC (KTM) May 27, 2022 0

काठमाडौं । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको छ । क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो ।

सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हालेका थिए । उनले शल्यक्रियामा भएको लापरबाहीबापत क्षतिपूर्ति माग गरेका थिए । थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै मिनियसोटा अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

मिनियसोटा अदालतले गत साता गरेको सो फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुन सक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी)ले जनाएको छ । एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए । थापाले सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँचिएको थियो ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर