चलचित्र 'कबीर सिंह’को सिक्वेलको तयारी, के फेरी फिल्ममा खेल्ने मौका पाउँलान त शाहिद कपुरले ? — OSNepal

चलचित्र ‘कबीर सिंह’को सिक्वेलको तयारी, के फेरी फिल्ममा खेल्ने मौका पाउँलान त शाहिद कपुरले ?

LC (KTM) May 27, 2022 0

काठमाडौं, १३ जेठ:

बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’ । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् ।

‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ । यही मेसोमा फिल्मका निर्माताद्वय मुराद खेतानी र भुषण कुमारले यसको सिक्वेल ल्याउने तयारी गरिरहेका छन् । यो कुराको खुलासा उनीहरुले फिल्म ‘भूल भुलैया २’को सफलतामा गरेका हुन् ।

गत २० मेबाट प्रदर्शनमा आएको कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भूल भुलैया २’को निर्माता पनि मुराद र भुषण नै हुन् । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।

उनीहरुलाई सञ्चारमाध्यमले ‘अब कुन फिल्मको सिक्वेल लिएर आउँदै हुनुहुन्छ रु’ भनी सोधेका थिए । ‘कवीर सिंह एक आइकोनिक चरित्र हो । त्यसकारण अब यही फिल्मको सिक्वेल दर्शकमाझ आउनेछ’, दुवैले एकसाथ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर