छोरी जान्हवीलाई डाक्टर बनाउन चाहाना अधुरै रह्यो आमा श्रीदेवीको — OSNepal

छोरी जान्हवीलाई डाक्टर बनाउन चाहाना अधुरै रह्यो आमा श्रीदेवीको

LC (KTM) May 27, 2022 0

मुम्बई – जान्ह्वी कपुर भारतीय चलचित्र उद्योग बलिउडमा पछिल्लो पुस्ताकी स्थापित नायिका हुन्। आफ्नो सुन्दरता र फिटनेसका कारण सदैव चर्चामा आइरहने जान्ह्वी आफ्ना फ्यानहरूलाई पनि फिट रहन सामाजिक सञ्जालमार्फत सल्लाह दिने गर्छिन्।

सन् २०१८ मा ‘धडक’ चलचित्रमार्फत बलिउडमा पाइला राखेकी जाह्न्वी बलिउडकी चर्चित अभिनेत्री स्व। श्रीदेवी र बोनी कपुरकी छोरी हुन्। पहिलो चलचित्रमार्फत नै चर्चा बटुलेकी जाह्न्वीलाई निकै सम्भावना बोकेकी अभिनेत्रीका रुपमा हेर्ने गरिन्छ। यही चलचित्रमार्फत उनले फिल्म फेयर अवार्ड जितेकी थिइन्।

तर, श्रीदेवी भने आफ्नी छोरी जाह्न्वीलाई कलाकार बनाउन चाहन्थिन्। उनी आफ्नी छोरी कलाकारिताभन्दा पनि मेडिकल क्षेत्रमा लागोस् भन्ने चाहन्थिन्। अर्थात श्रीदेवी छोरीलाई डाक्टर बनाउन चाहन्थिन्। तर, जाह्न्वी भने कलाकार नै बन्न चाहन्थिन्।अन्नपुर्ण पोष्टमा खबर छ। श्रीदेवीले आफ्नो सन्तानको रोजाईमा तगारो बन्न चाहिनन्। जाह्न्वीको इच्छालाई नै सहयोग गरिन्। श्रीदेवीले आफ्नो चलचित्र ‘जुदाई’ रिलिज भएपछि छोरीको नाम राखेकी हुन्। यस चलचित्रमा उर्मिला मार्तोडकरको नाम जाह्न्वी नै थियो। त्यही नाम उनले आफ्नी छोरीको राखेकी थिइन्।

मुम्बईको धीरुभाइ अम्बानी स्कुलमा विद्यालय शिक्षा पूरा गरेपछि जाह्न्वीले अमेरिकाको क्यालिफोर्नियामा एक्टिङ कोर्स गरेकी थिइन्। उनी निकै राम्रो नाच्न जान्ने अभिनेत्रीमा पर्छिन्। उनी क्लासिकल र कथक नृत्य निकै राम्रो नाच्छिन्।

आमा श्रीदेवी बितेपछि जाह्न्वी बुवा बोनी कपुरसँग निकै नजिक छिन्। आफ्ना धेरै कुरा बुवासँग सेयर पनि गर्छिन्। बुवाकै मार्गनिर्देशन अनुसार काम गरिरहेकी छन्। २५ वर्षीया जाह्न्वी घुम्न खुब मन पराउँछिन्। उनको सबैभन्दा मनपर्ने ठाउँ उदयपुर हो। उनी फुर्सद हुनासाथ उदयपुर पुगिहाल्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर