आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको विनिमय दर कति — OSNepal

आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको विनिमय दर कति

LC (KTM) May 27, 2022 0

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८३ पैसा र बिक्री दर १२४ रुपैयाँ ४३ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ १५ पैसा र बिक्री दर १५६ पैयाँ ९१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ५३ रहेको राष्ट्र बैंकले जनाएको छ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८० पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा रहेको छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४० पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर