बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको छ : महामन्त्री शर्मा – OSNepal

बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको छ : महामन्त्री शर्मा

Kabita Ghimire (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी भएको बताएका छन् ।

काठमाडौं महान गरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएपछि साहलाई बधाई दिँदै महान्त्री शर्माले शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका हुन् ।

‘काठमाडौ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’ उनले भनेका छन् ।

काठमाडौका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसाथ गर्रौ भन्दै उजले जननिर्वाचित मेयर साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् ।

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको बताएका उनले अवस्था प्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको पनि बताएका छन् ।

‘बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’ ‘मतदाताले विजयी बनाइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् नसोचांै जनताका काममा जननिर्वाचित मेयरलाई सघाऔ’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर