एमाले सांसदहरुको अवरोध पछि संसद बैठक स्थगित — OSNepal

एमाले सांसदहरुको अवरोध पछि संसद बैठक स्थगित

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा नेकपा एमालेका सांसदहरुले बैठक अवरोध गरेका छन् ।

बिहीबार बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई आज शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन् ।

एमालेका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन् । आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने एमाले अध्यक्ष ओलीको आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएका छन् ।

त्यसपछि , सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतको भनाइ अनुसार रेकर्ड हेरिने तर सांसदहरुलाई पटकपटक बस्न आग्रह गर्दा पनि अटेर गरेपछि बैठक १५ मिनेटका लागि बैठक स्थगन भएको सापकोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर