इन्धन बोकेका २ वटा ट्यांकरमा अचानक आगलागी — OSNepal

इन्धन बोकेका २ वटा ट्यांकरमा अचानक आगलागी

LC (KTM) May 27, 2022 0

बुटवल-इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी भएको छ । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको हो । ल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाए अनुसार डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको बताइएको छ । लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर