म्याग्दीमा २ वटा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ — OSNepal

म्याग्दीमा २ वटा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

LC (KTM) May 27, 2022 0

म्याग्दी, १३ जेठ :

मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर