लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन साहसँग सहकार्य गर्न सदैव तयार छु : माधव नेपाल — OSNepal

लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन साहसँग सहकार्य गर्न सदैव तयार छु : माधव नेपाल

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित काठमाडौं महानगरपालिकाको मेयर बालेन साहसँग सहकार्य गर्न आफु तयार भएको बताएका छन् ।

सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न आफ्नो पार्टी सदैव तयार भएको समेत बताएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले नवनिर्वाचित सबैउपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिएका छन् ।

लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहसँग आफु सहकार्य गर्न तयार भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर