मेलम्ची खानेपानीको मुहानको ढोका मनसुन सुरु हुनुअघि नै बन्द गरिने, बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान — OSNepal

मेलम्ची खानेपानीको मुहानको ढोका मनसुन सुरु हुनुअघि नै बन्द गरिने, बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान

LC (KTM) May 27, 2022 0

काठमाण्डौ : मेलम्ची खानेपानी आयोजनाको मुहानको ढोका मनसुन सुरु हुनु अघि नै बन्द हुने भएको छ ।अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरीएको पानी मनसुन सुरु हुनुअघि नै बन्द गरिने भउको हो । अघल्लो वर्ष बर्खामा आएको बाढीले मुहान क्ष विक्षत पारेको थियो ।

मुहान क्षेत्रलाई जोगाउन एक नम्बर ढोका ९वफर ड्याम० हेडवर्क्स अन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानको अडिट पोर्टल अर्थात सुरुङ सफा गर्ने ढोका बन्द गर्न फलामे ढोका तयार गरिएको छ ।पानी नआएका बेला काठमाण्डौको वाग्मती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

मुहान क्षेत्रमा बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान गरिएको छ । । वर्षायाम सकिएलगत्तै आयोजना पुनः सञ्चालन हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर