नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला — OSNepal

नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला

LC (KTM) May 27, 2022 0

काठमाडौँ, १३ जेठ -नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ । क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर