घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन भन्दै बालेनकी श्रीमतीले लेखिन् यस्तो भाबुक स्टाटस — OSNepal

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन भन्दै बालेनकी श्रीमतीले लेखिन् यस्तो भाबुक स्टाटस

LC (KTM) May 27, 2022 0

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन्। बिहीबार राति सम्पन्न मत परिणाम अनुसार बालेन २३ हजार ४ सय २६ मतान्तरले जित निकाल्दै मेयर बनेका हुन्।बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे । ३८ हजार ३ सय ४१ ल्याएकी नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा रहँदा नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा रहे। उनले ३८ हजार १ सय १७ मत प्राप्त गरे। बाले विजयी भएको धेरै काठमाडौं बासी खुशी भएका छन् ।

यसैबिच बालेन साह विजयी भएपछि उनकी पत्नी ले सामाजिक संजालमा धभाबुक स्टाटस लेख्दै शुभकामना दिएकी छन् । उनले घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन भन्दै आफुले बालेनलाई कहिल्यै हार्न नदिने समेत बताएकी छन् ।दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् १ भन्दै उनले ले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् भन्ने उल्लेख गगरेकी छन् ।

यस्तो छ बालेनकी श्रीमतीले लेखेको स्टाटस :

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् १ घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन ।

तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।
तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर