डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते — OSNepal

डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते

LC (KTM) May 27, 2022 0

डोटी, १३ वैशाख -डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ ।घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ ।जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर