सर्वोच्चले कुन प्रिन्सिपलमा टेकेर निजगढमा विमानस्थल बनाउन रोक्यो, यसमा स्पष्ट पार्नुपर्छ : मन्त्री झाँक्री — OSNepal

सर्वोच्चले कुन प्रिन्सिपलमा टेकेर निजगढमा विमानस्थल बनाउन रोक्यो, यसमा स्पष्ट पार्नुपर्छ : मन्त्री झाँक्री

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई सर्वोच्च अदालतले बदर गरेको प्रति आपत्ती जनाएकी छन् ।

शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा मन्त्री झाँक्रीले कुन प्रिन्सिपललाई टेकेर सर्वोच्चबाट यस्तो फैसला भयो यस विषयमा स्पष्ट पार्नु पर्ने बताएकी छन् ।

‘हामीले निजगढमा एरोसिटी बनाउँछौँ भन्यौँ । तर अदालतले निजगढ एयरपोर्ट नबनाउ भन्यो । रुख कटानलाई मुख्य विषय बनाएको हो भने त्यसको विकल्प दिन सकिन्छ,रुख फाँड्ने कुरालाई भन्या छ भने त्यसको विकल्प दिन सकिन्छ । त्यहाँ बसेका व्यक्तिहरूको अधिकारका कुरा गर्‍या हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ । त्यसपछि त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसका बारेमा अर्को उपचार गर्न सकिन्छ ।’ उनले भनिन्,

नेपालमा एउटा अन्तर्राष्ट्रिय तहको ट्रान्जिट एयरपोर्ट बनाउने त्यहाँ एउटा सहर विकास गर्ने एउटा गेमचेन्जर परियोजना भएको बताएकी उनले भनिन् ,’ त्यो हिसाबले सोचेको परियोजनामा लगाम लगाइएको छ भने श्रीमान्‌हरू कहीँबाट प्रभावित हुनुभयो कि निवेदकहरू कहीँबाट प्रभावित हुनुभयो कि ? यसलाई समीक्षात्मक हिसाबले बोल्नुपर्छ । ‘

बिहिबार बसेको न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले यस्तो फैसला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर