भरतपुरकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटनाग्रस्त, सुमेरु अस्पतालमा उपचार हुँदै — OSNepal

भरतपुरकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटनाग्रस्त, सुमेरु अस्पतालमा उपचार हुँदै

LC (KTM) May 27, 2022 0

काठमाडौं :

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

चुनाव जिते लगत्तै काठमाडौँ आएकी भरतपुरकी मेयर रेणु सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको र उनलाई तत्कालै उद्धार गरेर सुमेरु अस्पतालमा लगिएको स्रोतले जनाएको छ ।

स्रोतका   अनुसार उनको उपचार भइरहेको छ । स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएको हो ।

उनको टाउकोमा चोट लागेको र उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको अस्पताल स्रोत ले जनाएको छ । अस्पतालका अनुसार रेणुको , अवस्था भने खतरामुक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर