द्वन्द्वपीडितले छिट्टै न्यायको अनुभूति गर्न पाउँछन् - गृहमन्त्री — OSNepal

द्वन्द्वपीडितले छिट्टै न्यायको अनुभूति गर्न पाउँछन् – गृहमन्त्री

LC (KTM) May 27, 2022 0

काठमाडाै‌ं, १३ जेठ:

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततासमेत केन्द्रीत गरी आयोगको ऐन संशोधनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

ऐन संशोधनको मस्यौदा संसद्‍मा पेस भइसकेको भन्दै उनले ऐनबाट आयोग अझ सशक्त हुने बताए ।

आयोगको २२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार गृहमन्त्री खाणले ऐन संशोधनसँगै आयोगको संगठनात्मक संरचनालाई छिट्टै सरकारले स्वीकृत गर्ने पनि बताए ।

‘मुलुक सङ्‍घीय संरचनामा गए पश्‍चात् राष्ट्रिय मानव अधिकार आयोगले संशोधनसहित पेश गरेको संगठनात्मक संरचनालाई नेपाल सरकारले छिट्टै स्वीकृत गर्ने विश्‍वास दिलाउन चाहन्छु’, खाणले भने ।

उनले द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेकोले स‌ंक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर