भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल घाइते, सुमेरु सिटी अस्पतालमा उपचार हुँदै — OSNepal

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल घाइते, सुमेरु सिटी अस्पतालमा उपचार हुँदै

LC (KTM) May 27, 2022 0

काठमाडौँ, १३ जेठ-ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आपूm चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते हुनुभएको छ ।

उहाँ सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर