बलिउडका खेलाडी अक्षय कुमार यो चिज संग एकदमै डराउँछन् — OSNepal

बलिउडका खेलाडी अक्षय कुमार यो चिज संग एकदमै डराउँछन्

LC (KTM) May 27, 2022 0

अक्षय कुमारको आगामी फिल्म पृथ्वीराजलाई लिएर निकै चर्चा चलिरहेको छ । चलचित्र जुन ३ मा हलमा रिलिज हुँदैछ । फिल्ममा खिलाडी कुमारसँगै मिस वर्ल्ड मानुषी छिल्लर देखिनेछिन् । अक्षयले उद्योगमा ३० वर्ष पूरा गरेकाले उनको करियरकै सबैभन्दा विशेष फिल्म पृथ्वीराज बन्न लागेको हो । यही विशेष अवसरमा यो चलचित्र रिलिज हुँदैछ । पृथ्वीराजसँग अभिनेताको करियरलाई ठूलो स्तरमा लैजाने शक्ति छ।

यसैक्रममा उनले आफ्ना बारेमा केही रोचक सत्य कुराहरु बाहिर ल्याएका छन् । जसको बारेमा आज हामी तपाई माझ चर्चा गर्दैछौ । फिटनेस टिप्स दिँदै अक्षयले सूर्यास्त हुनुअघि रातिको खाना खानु निकै जरुरी रहेको बताए । उनले भने कि उनकी आमाले आइतबार उनको लागि अजवाइन पराठा बनाउनुहुन्थ्यो। उनलाई दिल्ली, पञ्जाबको खाना मनपर्छ। उनी भारतीय खानामा एकदमै क्रेजी रहेका छन्। उनको फोनमा बुबाको फोटोको वालपेपर छ। उनी एक्सन र कमेडी दुवै गर्न रुचाउँछन् ।

माथिबाट दुवैको संयोजन भए झनै रमाइलो हुन्छ । अक्षय कुमार आफ्ना बुवाका फ्यान हुन् । एक पागल फ्यान पलको वर्णन गर्दै, उनले भने कि एक केटी उनको घर छोडेर भेट्न आएकि थिईन् । उनले केटीका परिवारका सदस्यलाई बोलाउनु पर्यो । बिदामा क्रिकेट खेल्छन्, छोरी(कुकुरसँग खेल्छन्। कहिलेकाहीँ खाना पनि पकाउने गर्छन अक्षय कुमार । अक्षयले कहिले काहिँ आफ्नो फिल्म पनि हेर्ने बताए । अक्षय कुमारलाई म्याजिक टी कप नामको झोलामा बस्न एकदमै डर लाग्ने गरेको बताएका छन् । अक्षयले आफूलाई कहिल्यै रिस नमान्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर