प्रबल करण जोहरलाई भेट्नै भनेर अमेरिकादेखि भारत आएका हुन् ? के हो वास्तविकता ? — OSNepal

प्रबल करण जोहरलाई भेट्नै भनेर अमेरिकादेखि भारत आएका हुन् ? के हो वास्तविकता ?

LC (KTM) May 27, 2022 0

काठमाडौं :

बलिउड सेलिब्रिटीका डार्लिङ मानिने करण जोहर र नेपाली फेसन डिजाइनर प्रबल गुरुङबिचबको अफेयर चर्चाबिच प्रबल गुरुङ न्युयोर्कबाट मुम्बई आइपुगे ।

जब प्रबल आँफैले दुईजनाको भिडियो र तस्वीर इन्स्टाग्राममा सेयर गरेपछि उनीहरुको तस्विर भाइरल बन्न पुगे ।

करणले आफ्नो ५० औं बर्थडे पार्टी यति भव्य रुपमा दिइरहेका थिए की बलिउडमा अहिलेसम्मकै ठूलो पार्टी समेत भनेर मिडियाले लेख्न भ्याए ।

करणको उक्त पार्टीलाई विश्व फेसनको महाकुम्भ मानिने मेटगालाको संज्ञा समेत कतिपयले दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

करण जोहरको लागि भव्य बर्थडे सेट खडा गरिएको पार्टीमा पुगेका नेपाली फेसन डिजाइनर प्रबल गुरुङप्रति सबैको आँखा अडियो । जो लामो समयदेखि एक अर्काका मिल्नेृ साथी समेत हुन् ।यी दुईबीचको निकटतालाई मिडियाले अफेयरको संज्ञा पनि दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर