अभिनेत्री निशा घिमिरेलाई भेटेपछि रुँदै निस्केकी नायिका आँचल शर्माले एक लाख सहयोग गर्ने — OSNepal

अभिनेत्री निशा घिमिरेलाई भेटेपछि रुँदै निस्केकी नायिका आँचल शर्माले एक लाख सहयोग गर्ने

LC (KTM) June 14, 2021 0

काठमाडौं ।अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् ।आइतबार निशालाई भेट्न अस्पताल पुगेकी आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् । आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्ने बताइएको छ ।

निशालाइै भेटेपटि आफु अत्यन्तै भाबुक बनेको निशाले बताएकी छन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलले बताएकी छन् ।

निशा घिमिरे तस्विर सामाजिक संजालमा आएपछि नर्भिक अस्पतालले निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु पनि गरिसकेकी छन् । निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर