स्थापितलाई देशको सबैभन्दा शिक्षित बस्ने शहरले मत दिँदा ती मतदाताको घरमा छोरीबेटी छैनन् ?के भएको यो समाजलाई ? — OSNepal

स्थापितलाई देशको सबैभन्दा शिक्षित बस्ने शहरले मत दिँदा ती मतदाताको घरमा छोरीबेटी छैनन् ?के भएको यो समाजलाई ?

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका नेता रवीन्द्र मिश्रले एमालका केशव स्थापितलाई शिक्षित सहरमा बस्ने मत दाताले ३८ हजार मत दिएको प्रति आलोचना गरेका छन् ।

यदि सुसंसकृत देशमा हो भने नेशनल कलेजको वितण्डता पछि नेकपा एमालेका नेता केशव स्थापितको मेयरको मात्र होइन राजनीतिक यात्रा नै समाप्त हुने बताएका उनले यो समाजलाई के भएको भन्दै प्रश्न गरेका छन् ।

तर, त्यस्ता मेयरलाई नै शिक्षित बस्ने काठमाडौं शहरले नै ३८,००० मत दिएको प्रति कडा आलोचना गरेका उनले ती मतदाताको घरमा छोरीबेटी छैनन्रु भन्दै अर्को प्रश्न समेत गरेका छन् ।

नेता मिश्रले यस विषयमा पत्रकारले विश्लेषण गरिदिए पनि हुने आशा समेत व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् ,’सुसंसकृत देशमा हो भने National College को वितण्डापछि केशव स्थापितको मेयरकोमात्र होइन राजनीतिक यात्रा नै समाप्त हुन्थ्यो।तर तिनैलाई देशको सबैभन्दा शिक्षित बस्ने शहरले ३८,००० भोट दियो।ती मतदाताको घरमा छोरीबेटी छैन ? के भएको यो समाजलाई ? कोही विज्ञरपत्रकारले विश्लेषण गरिदिए हुन्थ्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर