शाहरुख खानको घरमा खुशीयाली , छोरा आर्यनले पाए सफाई — OSNepal

शाहरुख खानको घरमा खुशीयाली , छोरा आर्यनले पाए सफाई

LC (KTM) May 27, 2022 0

बलिउड किंग शाहरुख खानका छोरा आर्यन खानलाई ‘क्लिन चिट’ मिलेको छ । क्लिन चिट संगै लागू पदार्थ सेवन गरेको आरोप लागेका आर्यनलाई ठुलो राहत मिलेको छ । भारतको लागूऔषध नियन्त्रण ब्युरो एनसीबीले अन्य १४ आरोपितविरुद्ध अदालतमा रिट दर्ता गरिरहला आर्यनलाई भने सफाइ दिएको छ । गत वर्षको अक्टोबर २ मुम्बईबाट गोवा जाँदै गरेको समुद्री क्रुज सिपमा पार्टी भईरहेको बेला आर्यन सहित १७ जनालाई एनसीबीले पक्राउ गरेको थियो ।

यसरी पक्राउ पर्नेहरुमा आर्यनसँगै मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, अरबाज मर्चान्ट लगायत रहेका थिए । समातिएका मध्ये बुधबार ६ हजार पाना लामो मुद्दा दर्ता गर्ने क्रममा एनसीबीले १४ जनालाई मात्रै अभियुक्त दाबी गरे पछि शाहरुखको घरमा खुशीयाली छाएको छ ।
क्रुज सीपमा छापा मार्दा प्रहरीले लागूऔषध बरामद गरेको थियो ।

तर आर्यनको साथबाट कुनै लागु औषध भेटिएको थिएन । पछि आर्यनको साथमा लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुन सक्ने भन्दै एनसीबीले छानबिन गरिरहेको थियो । ७ महिना लामो अनुसन्धानपछि एनसीबीले आर्यनको लागूऔषध सेवन र तस्करी दुवै कार्यमा संलग्न रहेको प्रमाण नभेटेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर