निर्वाचनमा पार्टीले उत्साहपुर्ण नतिजा ल्यायो - नेकपा एकीकृत समाजबादीकी नेतृ तथा शहरी विकास मन्त्री झाँक्री — OSNepal

निर्वाचनमा पार्टीले उत्साहपुर्ण नतिजा ल्यायो – नेकपा एकीकृत समाजबादीकी नेतृ तथा शहरी विकास मन्त्री झाँक्री

LC (KTM) May 27, 2022 0

नेकपा एकीकृत समाजबादीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पार्टीले स्थानीय तहको निर्वाचनमा ल्याएको नतिजा उत्साहपुर्ण रहेको बताएकी छिन् । पार्टी निर्माण भएको आठ महिनाको अन्तरालमा निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा राम्रो रहेको उनको दाबी छ ।

गुल्मी काठमाडौँ सम्पर्क मञ्चले शुक्रवार आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा यति धेरै जनमत पाउनु ठुलै उपलब्धि रहेको दाबी गरेकी हुन् ।

स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन अधिकांश ठाउँमा आफ्नो पार्टी सफल भएको उनले बताईन् । छोटो समय भएकोले केही कमी कमजोरी रहेको स्वीकार गर्दै अब प्रदेश र संघको निर्वाचनमा त्यसलाई सच्याएर अघि बढ्ने समेत प्रतिबद्धता जनाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर