बलात्कार दृश्यका लागि लुगा च्यातेको भन्दै जया बच्चन रिसाएपछि २ दिन सुटिङ नै बन्द , निर्देशकले दिए यस्तो धम्की — OSNepal

बलात्कार दृश्यका लागि लुगा च्यातेको भन्दै जया बच्चन रिसाएपछि २ दिन सुटिङ नै बन्द , निर्देशकले दिए यस्तो धम्की

LC (KTM) May 27, 2022 0

जया बच्चनको पुरानो भिडियो सार्वजनिक भएको छ । जुन देखेर फ्यानहरु पनि अचम्ममा परेका छन् । अभिनेत्री भने फिल्मबाट टाढा भएपनि उनीसँग सम्बन्धित कथाहरु प्राय हेडलाइनमा रहने गरेका छन् । उनले सन् १९७२ मा फिल्म ‘एक नजर’को सेटमा भएको घटनाको बारेमा बताएकी छिन् । आउनुहोस् जानौं जयासँग सम्बन्धित रोचक किस्सा। राजनीतिमा सक्रिय रहेकी जया बच्चन आफ्नो समयकी चर्चित नायिका थिइन् ।

अभिनेत्री फिल्मबाट टाढा भए पनि उनका पुराना कथाहरु प्राय हेडलाइनमा हुने गर्दथे । आज जसरी उनी सामाजिक र राजनीतिक विषयमा खुलेर आफ्नो विचार व्यक्त गर्छिन् । त्यसैगरी ७० र ८० को दशकमा चलचित्रको छायांकनका क्रममा आउने समस्याको विरुद्धमा स्वरमा बोल्थिन् ।फिल्मको सेटमा जब निर्देशकले जयालाई बलात्कार दृश्यको लागि सोधे, तब त्यहाँ हंगामा मच्चियो भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

जब निर्देशकले उनको लुगा च्यात्न माग गरे, उनी निर्देशकसँग रिसाईन् । उनी यति रिसाएकी थिइन् कि उनले रिसमा दुई दिनसम्म शूटिङ पनि गरिनन् । अहिले जया बच्चनको एउटा पुरानो भिडियो हेडलाइन बनेको छ । जसमा उनले सन् १९७२ मा निर्देशन गरेको फिल्म ‘एक नजर’ को सेटमा घटेको घटनालाई उल्लेख गरेकि छिन् । जब निर्देशक इशाराले जयालाई बलात्कारको दृश्यका लागि आफ्नो लुगा च्यात्ने बताएपछि उनले जयालाई गाली गरेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर