आईपीएलको उपाधीका लागि राजस्थान र गुजरात भिड्ने पक्का — OSNepal

आईपीएलको उपाधीका लागि राजस्थान र गुजरात भिड्ने पक्का

LC (KTM) May 27, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टीट्वान्टी क्रिकेटको उपाधीका लागि राजस्थान रोयल्स र गुजरात टाइटन्स बीच प्रतिष्पर्धा हुने भएको छ । राजस्थान फाइनलमा प्रवेश गरे संगै यी दुई टोलीको उपाधी भिडन्त पक्का भएको हो । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थानले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समान ३ विकेट हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर