एक वर्षमै ५० प्रतिशत सवारी भाडावृद्धि — OSNepal

एक वर्षमै ५० प्रतिशत सवारी भाडावृद्धि

LC (KTM) May 28, 2022 0

काठमाडौं । सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

सरकारले गत वर्षको असार, चैत र जेष्ठ महिनामा दुईपटक गरेर चार पटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालबाहक सवारीसाधनमा ५० प्रतिशत बढी मूल्यवृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बहानामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात विभागले पटकपटक भाडा वृद्धि गर्दा सर्वसाधारण भने मारमा परेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर