निजगढमा विमानस्थल निर्माण गर्न सर्वोच्चको रोकपछि कांग्रेस नेता गुरुङका तीन विकल्प — OSNepal

निजगढमा विमानस्थल निर्माण गर्न सर्वोच्चको रोकपछि कांग्रेस नेता गुरुङका तीन विकल्प

LC (KTM) May 28, 2022 0

काठमाडौं, १४ जेठ :

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन् ।

उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये कुनै न कुनैमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै ‘ड्राई पोर्ट’ पनि निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्।

पहिलो विकल्पको रूपमा उनले महोत्तरीको गौशाला नगरपालिका– १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्‍गल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र ड्राई पोर्ट बनाउन सकिने बताएका छन् ।

त्यसका लागि सम्बन्धित निकायसँग् स्वीकृति लिन सकिने उनको भनाइ छ ।

दोस्रो विकल्पको रूपमा जिल्लाकै बर्दिबास नगरपालिका– ३, ४, ५, १० र ११ मा पर्ने केही जङ्‍गल क्षेत्र र केही खाली जग्गाजमीन भएको क्षेत्रमा र त्यहाँ पनि नभए जिल्लाकै भङ्‍गाहा नगरपालिका– १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गाजमीन भएको क्षेत्रमा सम्बन्धित जग्गा धनी र निकायमा स्वीकृति लिएर दुवै संरचना बनाउन सकिने बताएका हुन् ।

यसका लागि सबै मिलेर गम्भीरतापुर्वक पहल गर्न उनको आग्रह छ । बिहीबार सर्वोच्चले लाखौँ रूख कटान गरेर अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउन रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर