दाङमा जँगलमा सिकार खेल्न गएका २३ वर्षीय कालुरामको गोली लागेर मृत्यु — OSNepal

दाङमा जँगलमा सिकार खेल्न गएका २३ वर्षीय कालुरामको गोली लागेर मृत्यु

LC (KTM) May 28, 2022 0

घोराही, १४ वैशाख:

दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर