पूर्वप्रधानमन्त्री खनालको नर्भिक अस्पतालमा अक्सिजनको सहयोगमा उपचार — OSNepal

पूर्वप्रधानमन्त्री खनालको नर्भिक अस्पतालमा अक्सिजनको सहयोगमा उपचार

LC (KTM) June 14, 2021 0

काठमाडौँ, ३१ जेठ- थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर