सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध,एक जना घाइते — OSNepal

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध,एक जना घाइते

LC (KTM) May 28, 2022 0

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर